कपिलवस्तुमा ४ वालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

ByLumbini Darpan Online

१० बैशाख २०७७, बुधबार ०८:४९ १० बैशाख २०७७, बुधबार ०८:४९ १० बैशाख २०७७, बुधबार ०८:४९

लुदअ कपिलवस्तु, बैशाख १०
कपिलवस्तुमा ४ बालिकाहरु बलात्कृत भएको घट्ना सार्वजनिक भएको छ । जिल्लाको बाणगङ्गा नगरपालिका वडा नं ४ का ४ बालिकालाई २ जनाले बलात्कार गरेको घटना बाहिर आएको हो । घटनाको अनुसन्धान भएको प्रहरीले जनाएको छ । एक बालिकालाई ५ बर्ष देखी र ३ बालिकालाई केही महिना देखि पटक पटक जबर्जस्ती करणी गरेको पीडितका अभिभावकले गुनासो गरेका छन् ।

पीडित र पिडकलाई गजेहडा प्रहरी बिट्मा राखी सोधपुछ भइ थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पिपरामा लगिएको छ । । स्थानीयले पिडकहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै गजेहडा प्रहरी बिट्मा नारावाजी गरेका थिए। ती वालिका १० बर्ष भित्रका रहेको वताईएको छ । पक्राउ पर्नेमा ४५ वर्षीय र १७ वर्षीय युवक रहेका छन् । ती दुवै छिमेकी हुन् । अभियुक्तको नाम प्रहरीले गोप्य राखेको छ ।

प्रलोभनमा पारेर पाँच वर्षदेखि बालिकामाथि बलात्कार भएको पीडित परिवारले जनाएको छ । दुबै प्रहरी नियन्त्रणमा आई सकेको र घट्नाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष प्रसाद जोशीले लुम्बिनी दर्पण अनलाईनलाई जानकारी दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?