नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ पुग्यो, ७ जना निको

ByLumbini Darpan Online

१० बैशाख २०७७, बुधबार ११:३३ १० बैशाख २०७७, बुधबार ११:३३ १० बैशाख २०७७, बुधबार ११:३३

लुदअ, बैशाख १०
नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप तीन जनामा कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण भएको जानकारी दिनुभयो । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परिक्षण गरिएको थियो ।

नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ पुगेको छ भने बुधबारसम्म सात जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *