झापामा ६२ वर्षीय बृद्धमा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४९ पुग्यो

[sharethis-inline-buttons]

लुदअ १२ वैशाख, काठमाडौं ।
कोरोना भाइरस कोभिड १९० को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । हालको  विवरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ |

 

Ministry of Health and Population-Nepal

17 minutes ago

हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ | आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या १ छ | जो झापा निवासी ६२ बर्षका पुरुष हुनुहुन्छ | हाल सम्म प्राप्त विवरण अनुसार निज आइसोलेशनमा अस्पतालमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ

डा. समिरकुमार अधिकारी
सह-प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
अध्यावधिक मिति: २०७७ बैशाख १२ गते, साँझ ७:४५ बजे


प्रकाशित : २०७७ बैशाख १२, शुक्रबार १४:४९