ताजा अपडेट

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देहीका कोभिड अस्पतालमा अक्सिजन अभाव

लुम्बिनी दर्पण २०७८ बैशाख २३, बिहीबार ०७:०३
[sharethis-inline-buttons]

२३ वैशाख, बुटवल ।

कोरोना संक्रमितको उपचार गराइरहेका रुपन्देहीका सरकारी र निजी अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । संक्रमितको संख्या बढेसँगै अक्सिजनको खपत ह्वात्तै बढेपनि आपूर्ति कम हुँदा अभाव खड्केको हो । लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा दैनिक २ सय बढी सिलिण्डिर अक्सिजन आवश्यक हुन थालेकोमा जम्मा ६५ सिलिण्डर मात्र आपूर्ति भइरहेकाले समस्या भएको हो ।
‘संक्रमित ह्वात्तै बढेपछि माग र खपत बढ्यो तर आपूर्ति बढ्न सकेन,’ खनालले भने, ‘सरकारले तत्काल आवश्यकता अनुसार अक्सिजन उपलब्ध हुने वातावरण नगराउने हो भने संक्रमितको उपचारमा भयावह समस्या अवस्था आउँछ ।’ पछिल्लो भेरियन्टका संक्रमितमध्ये धेरैलाई अक्सिजन सपोर्ट चाहिने भएकाले जताततै माग बढेकाले अभाव भएको उनले औंल्याए ।

रुपन्देहीमा एकै दिनमा झण्डै ६ सय नयां संक्रमित थपिन थालेका छन् । भारतबाट आयात रोकिएको र नेपालका अक्सिजन उद्योगको उत्पादन क्षमताले नभ्याएकाले यस्तो समस्या आएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। राजेन्द्र खनालले बताए । अक्सिजनको अभाव हुने आंकलन गरेर आफूले प्रमुख जिल्ला अधिकारीलाई केही दिन पहिले नै पर्याप्त आपूर्तिको व्यवस्थाका लागि अनुरोध गरे पनि हुन नसकेको उनले गुनासो गरे ।

कोरोना विशेष अस्पतालमा मात्रै ५० थान, प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा १० र इमर्जेन्सीमा ५० थान सिलिण्डिर अक्सिजन खपत भइरहेको डा। खनाल बताउँछन् । कोरोना संक्रमण दर बढ्दो क्रममा रहेकाले अक्सिजनको माग र खपत अझै बढ्ने भएकाले सरकार यसमा गम्भीर बन्नुपर्ने डा। खनालको आग्रह छ ।

हाल कोरोना अस्पतालको आईसीयूमा १५, एचडीयूमा ३२ जना र फिबर क्लिनिकमा ७ जना संक्रमित उपचाररत रहेको उनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा जस्तै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा पनि अक्सिजन सिलिण्डर अभाव भएको छ । अस्पतालले कम्तीमा पनि दैनिक ८ सय थान अक्सिजन सिलिण्डर सहज आपूर्तिका लागि सहयोग र समन्वय गरिदिन अपिल गरेको छ । अक्सिजन अभावमा अस्पतालले तयारी अवस्थामा रहेको ६० वेडको एच।डी।यु। समेत सञ्चालन गर्न नसकेको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले बताए ।

अस्पतालमा सामान्य अवस्थामा १२५ वटा अक्सिजन सिलिण्डर खपत भइरहेको अवस्थामा कोरोना संक्रमण बढेपछि १ सय वेडको कोभिड आई।सी।यु। सहित अन्य गम्भिर प्रकृतिका विरामीहरु समेत उपचाररत रहेको अवस्थामा प्रत्येक दिन ५ सय अक्सिजन सिलिण्डर खपत भइरहेको गुरुङले बताए ।

‘बेड बरु आवश्यकता अनुसार थपेर संक्रमितलाई राख्न सक्छौं तर अक्सिजन नभए कसरी उपचार गर्ने रु’ गुरुङले भने । बुधबारसम्म रुपन्देहीमा ४ हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेकोमा १ सय ६४ जना लक्षणसहितका संक्रमित रहेका स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।    साभार ः अनलाइन खवर


प्रकाशित : २०७८ बैशाख २३, बिहीबार ०७:०३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण
प्रतिक्रिया

यो पनि पढौँ

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

एमाले कार्यकर्ता र प्रहरीबिच मुठभेड, कपिलवस्तु लगाएत देशभर प्रर्दशन

पूर्वगृहमन्त्री लेखकको गृहजिल्लामा कांग्रेस र एमालेको संयुक्त प्रदर्शन

भर्खरै

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech