नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने २ लाख ९२ हजार नाघे

ByLumbini Darpan Online

२३ बैशाख २०७८, बिहीबार १३:५३ २३ बैशाख २०७८, बिहीबार १३:५३ २३ बैशाख २०७८, बिहीबार १३:५३

बैशाख २३, काठमाण्डौ
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार सात सय सात जना डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिले कोरोना सङ्क्रमण निको हुने दर ७९ दशमलव ४ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नौ हजार ७० जना कोरोना सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार पाँच सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ काठमाण्डौ उपत्यकामा कोभिड–१९ अवस्था–

काठमाण्डौमा अहिलेसम्म एक लाख ३६ हजार चार सय ६७ जनामा सङ्क्रमण पुष्टि भएकोमा आठ सय आठ जनाको ज्यान गएको छ । त्यस्तै एक लाख ११ हजार एक सय २६ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार पाँच सय ३३ रहेको छ ।

भक्तपुरमा अहिलेसम्म १२ हजार आठ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएकोमा एक सय ६६ जनाको ज्यान गएको छ । त्यस्तै नौ हजार सात सय ६० जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार नौ सय ४५ रहेको छ ।

ललितपुरमा अहिलेसम्म २२ हजार ६ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई सय ३० जनाको ज्यान गएको छ । त्यस्तै १७ हजार चार सय ४९ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार नौ सय ७४ रहेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *