
लुदअ बैशाख २४, म्याग्दी
महामारीका रूपमा फैलिएको कोरोना भाइरसका साथै श्वासप्रश्वासका बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनमा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ ।
बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर म्याग्दीलाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना सङ्क्रमित र श्वासप्रश्वासको समस्या भएका बिरामीको उपचारमा समस्या भएको खबर सार्वजनिक भइरहेका बेला म्याग्दीमा भने अक्सिजनको उत्पादन र आपूर्ति पर्याप्त छ ।
बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै अक्सिजन लगाउनुपर्ने बिरामीका लागि पर्याप्त अक्सिजन व्यवस्थापन गरिएको बताउनुभयो । ुअस्पतालको सबै शय्यामा प्लान्टबाट सिधै पाइपबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाएका छौँु उहाँले भन्नुभयो,ुनिर्माणाधीन आइसोलेशन कक्षमा पनि पाइपबाट सिधै अक्सिजन आपूर्ति गर्ने संरचना तयार पार्दैछौँ । सिलिन्डर पनि तयारी अवस्थामा छन् ।ु
बेनी अस्पतालमा ३४ ठूला, चारवटा मध्यम र एम्बुलेन्समा जडान भएकासहित छ वटा साना अक्सिजनका सिलिन्डर छन् । अस्पतालका सिलिन्डर बिरामीलाई घर लैजान दिइएको छैन । दीर्घरोगीको निधनपछि घरमै प्रयोगविहीन भएर थन्किएका अक्सिजन सिलिन्डर उपलब्ध गराउन अस्पतालले अपिल गरेको छ ।
प्रकाशित : २०७८ बैशाख २४, शुक्रबार ०४:५९