रुपन्देहीमा जारी निषेधाज्ञामा थप कडाई, बैङ्क तथा बित्तिय संस्था पनि बन्द

[sharethis-inline-buttons]

२४ बैशाख, बुटवल ।
कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञा थप कडाई गरेको छ । नयाँ भेरियन्टको संक्रमण तीब्र भर्ई धेरै नागरिक मृत्युवरण गर्नु परिरहेको र कोरोना संक्रमित थपिने दर वृद्धि भई परिस्थितीलाई गम्भीर रुपमा लिदै गएपछि निषेधाज्ञालाई थप कडा गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जारी गरेको सूचनामा भनिएको छ । बिहीबार बसेको डीसीसीएमसी र जिल्ला सुरक्षा समितिको बैठकले बैशाख ३० गते बिहान ६ बजे सम्म जारी भएको निषेधाज्ञामा अत्यावश्यक र मानविय सेवा प्रवाहका लागि हरेक बैक, बित्तिय संस्थाले १÷१ जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैक र वित्तिय सस्ंथा बन्द गर्ने निर्णय गरेको छ । पूर्वाधार एव विकास निर्माण सम्बन्धमा निर्माण स्थलमा क्वारेन्टाइनमा रहेर बाहेक सबै विकास निर्माण बन्द गर्ने, खाद्यान्न लगायत अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योगहरु बाहेकका सबै उद्योग अर्को निर्णय नहुदा सम्मका लागी बन्द गर्ने, हरियो तरकारी एवं कृषि उपज उत्पादक र उपभोक्ता बिच कृषि एम्बुलेन्स मार्फत स्थानीय तहले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।


प्रकाशित : २०७८ बैशाख २४, शुक्रबार ०७:५१