२४ घण्टामा नाै हजार एक सय ९६ जनामा काेराेना सङ्क्रमण, ५० जनाकाे ज्यान गयाे

ByLumbini Darpan Online

२४ बैशाख २०७८, शुक्रबार ११:३३ २४ बैशाख २०७८, शुक्रबार ११:३३ २४ बैशाख २०७८, शुक्रबार ११:३३

वैशाख २४,

काठमाडौँ — पछिल्लो नाै हजार एक सय ९६ जनामा काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ९८७ परीक्षणबाट शुक्रबार नाै हजार एक सय ९६ जना  संक्रमित फेला परेका हु्न् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ५० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको छ । सक्रिय संक्रमित ७८ हजार ६२९ छन् भने क्वारेन्टाइनमा ३८० जना रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *