रूपन्देहीका बिभिन्न कोरोना अस्पतालमा आज तीन संक्रमितको मृत्यु

ByLumbini Darpan Online

२४ बैशाख २०७८, शुक्रबार ११:४४ २४ बैशाख २०७८, शुक्रबार ११:४४ २४ बैशाख २०७८, शुक्रबार ११:४४

वैशाख २४, तिलोत्तमा

रूपन्देहीको कोरोना अस्पतालमा शुक्रबार बिहान तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुुनेमा बुटवल तामनगरका ६५ वर्षीय पुरुष, तिलोत्तमा–१ का ४३ वर्षीय पुरुष र ६५ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनका अनुसार तामनगरका पुरुष वैशाख २० देखि कोरोना अस्पतालको आईसीयूमा उपचाररत थिए । उनको बिहान १ बजे मृत्यु भएको हो । त्यस्तै, तिलोत्तमाका पुरुष २२ गते प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएका थिए । उनको बिहान २ बजेर २० मिनेटमा मृत्यु भएको छ । त्यस्तै १९ गतेदेखि आईसीयूमै उपचाररत तिलोत्तमाकी महिलाको बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै रुपन्देहीको रोहिणी गाउँपालिकामा दुई जना संक्रमितको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा रोहिणी–२ का ६० वर्षीय पुरुष र २२ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या भएपछि हिजो भैरहवास्थित एक निजी अस्पतालमा पीसीआर जाँच गराउंँदा पोजेटिभ आएपछि आइसोलेसनमा ल्याइएका २२ वर्षीय पुरुषको राति ९ बजे मृत्यु भएको अस्पतालका मेडिकल अफिसर डा उमेश गुप्ताले बताए । त्यस्तै, ६० वर्षीय पुरुष भने विगत एक सातादेखि होम आइसोलेसनमा बसेको र अक्सिजनको समस्या भएपछि आइसोलेसन अस्पतालमा ल्याइ उपचार गर्दा राति ११ बजे मृत्यु भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *