खुसीको खबर : नेपालमा एकै दिन झण्डै ३ हजारले कोरोनालाई जिते

ByLumbini Darpan Online

२४ बैशाख २०७८, शुक्रबार ११:५२ २४ बैशाख २०७८, शुक्रबार ११:५२ २४ बैशाख २०७८, शुक्रबार ११:५२

लुदअ बैशाख २४, काठमाण्डौ
पछिल्लो २४ घण्टामा देशभर नौ हजार एक सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार चार सय ८२ नमुना परीक्षण गर्दा नौ हजार एक सय ९६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सङ्ख्या नेपालमा देखिएको दैनिक सङ्क्रमणमध्ये सबैभन्दा धेरै हो । बिहीवार ९हिजो० नौ हजार ७० जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन लाख ७७ हजार ६ सय तीन पुगेको छ ।

दिनदिनै ठूलो सङ्ख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा अहिले ७८ हजार ६ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै थप ५० कोरोना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार पाँच सय ७९ पुगेको छ ।

२४ घण्टामा दुई हजार नौ सय पाँच जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ९५ हजार तीन सय ९५ पुगेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *