लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षहरूद्धारा एमाले पार्टीलाई विभाजन हुन नदिन केन्द्रिय नेताहरूलाई आग्रह

[sharethis-inline-buttons]

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरूले एमाले पार्टीलाई विभाजन हुन नदिन केन्द्रिय नेताहरूलाई आग्रह गर्नुभएको छ् । हिजो संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रदेशभरका पार्टी अध्यक्षहरूले ‘नेपाल कम्युनिष्ट पार्टी एमाले जिवन्त र गतिशील कम्युनिष्ट आन्दोलनको मुल प्रवाह भएको बताउँदै विगत वर्षदेखि देखा परेको आन्तरिक अन्तरविरोध र अन्तरसंघर्षले पार्टीलार्ई क्षति र्पुयाइरहेको महसुस गरेको उल्लेख गर्नुभएको छ । कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मुल्यमान्यता र जनता प्रतिको जवाफदेहितालाई आत्मासाथ गर्दै नेताहरू एकताबद्ध भई एमालेलाई जोगाउन आग्रह गर्दै विज्ञप्तिमा एमाले अहिले एकतावद्घ हुन नसके इतिहासले कहिल्यै क्षमा नदिने उल्लेख छ । विज्ञप्तिमा रुपन्देहीका शिवराज सुवेदी,अर्घाखाँचिका चेतनारायण आचार्य,कपिलवस्तुका झविलाल पोख्रेल,दाङका हुकुमबहादुर बस्नेत, बाँकेका सूर्य ढकाल,रुकुमका टोपबहादुर वली,वर्दियाका लालबहादुर श्रेष्ठ,रोल्पाका बालाराम बूढा,प्यूठानका तुल्सीराम शर्मा ,गुल्मीका मधुकृष्ण पन्त,पाल्पाका नारायण आचार्य र परासीका दीपेन्द्र अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।


प्रकाशित : २०७८ बैशाख २५, शनिबार ०९:५९