२५ वैशाख, काठमाडौं ।
गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीका दुई र पर्वतका एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीको पोखरा महानगरपालिका–१३ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका ५:४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । ती महिलामा वैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोभिड निमोनियाको समस्या रहेको बताइएको छ ।