२६ वैशाख, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत नदिने जानकारी गराएका छन् ।
आइतबार विहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ठाकुर र महतो बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेका थिए । ‘हामीले विश्वासको मत दिन सक्दैनौं, किनकि हाम्रा माग पूरा भएका छैनन् भन्यौं’ जसपा नेता महतोले अनलाइनखबरसँग भने ।