लुम्बिनी प्रदेशसभाका विपक्षी दलद्धारा विशेष अधिवेशन माग

ByLumbini Darpan Online

२६ बैशाख २०७८, आईतवार ०९:३० २६ बैशाख २०७८, आईतवार ०९:३० २६ बैशाख २०७८, आईतवार ०९:३०

२६ वैशाख, बुटवल ।

लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी यसअघि वैशाख ६ गते र आइतबार नै दर्ता भई छलफल नभएको अविश्वास प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री पोखरेलको पक्षमा प्रदेशसभामा बहुमत नरहेको भन्दै बहुमतमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् । विपक्षी दलहरुले आइतबार नै प्रदेशसभामा ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *