कोरोना भयावह बन्दैः थप ८८ जनाको ज्यान गयो, ८ हजार ८ सय ८५ जनामा सङ्क्रमण

[sharethis-inline-buttons]

लुदअ बैशाख २६, काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार आठ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१८ हजार सात सय ८७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार सात सय ७७ जना र पाँच सय सात जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी आठ हजार आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ८८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ५२ जना र यसअघि ज्यान गुमाएकाहरूको विवरण प्राप्त भएको २६ जना गरी ८८ जनाको ज्यान गएको हो ।

अहिले नेपालमा ८८ हजार एक सय ६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।


प्रकाशित : २०७८ बैशाख २६, आईतवार ११:१४