नवलपरासीमा पहिलो आईसीयू सेवा

ByLumbini Darpan Online

२६ बैशाख २०७८, आईतवार ११:४७ २६ बैशाख २०७८, आईतवार ११:४७ २६ बैशाख २०७८, आईतवार ११:४७

परासी, २६ बैशाख ः
पश्चिम नवलपरासीमा पहिलो पटक आईसीयु सेवा सञ्चालन हुने भएको छ । जिल्लामा कोरोना संक्रमणका कारण हरेह दिन संक्रमित र मृत्यु दर बढ्न थालेपछि सुनवल नगरपालिकाले १० बेडको आईसीयु सेवा सञ्चालन गर्न लागेको हो । ३ दिनभित्र आईसोलेसन सञ्चालनमा आउने नगर प्रमुख भीम बहादुर थापाले बताए । जिल्लामा आईसीयु नहुँदा सो सेवा दिनुपर्ने संक्रमणका बिरामीहरु बुटवल र भैरहवा जानुपर्ने बाध्यता थियो । उक्त ठाउँहरुमा समेत बेड अभाव भएपछि संक्रमितहरुको उपचार नपाएर मृत्यु हुँदै आएको छ । जिल्लामा २० दिनको अवधिमा ३८ जनाको मृत्यु भई सकेको छ । जिल्लामा सामान्य आईसोलेसनबाहेक एचडीयू केन्द्र समेत छैन । बेड अभावका कारण उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आईसीयु सेवा सुरु गर्न लागिएको नगर प्रमुख थापाले बताए । आईसीयूका लागि आवश्य पर्ने सम्पूर्ण मेडिकल उपकरण सुनवलस्थित सर्वोत्तम सिमेन्ट उद्योगले उपलब्ध गराएको छ । सेवा सञ्चालन गर्न करिब ७० लाख रुपैयाँ लाग्ने नगर प्रमुख थापाले बताए । उक्त रकम बराबरको उपकरण शनिबार उद्योगले नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *