ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रधानमन्त्रीले विश्वासको मत पाउने र नयाँ गठबन्धन सरकार बन्ने दुवै सम्भावना कम

लुम्बिनी दर्पण २०७८ बैशाख २७, सोमबार ०१:३२
[sharethis-inline-buttons]

लुदअ बैशाख २७, काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने पुष्टयाइँका लागि आज सोमबार प्रतिनिधिसभाको बैठक बस्दैछ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्रको आन्तरिक मतान्तर तथा अरु दलभित्र पनि विवाद भएका बेला संसद बैठक बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदलाई पनि मतदान प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सम्बोधन गर्नुहुनेछ । पूर्वप्रधानमन्त्री र पूर्वसभामुखलाई भने बोल्नका लागि समयसीमा नतोक्ने प्रचलन रहेको छ । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र पूर्वसभामुखबाहेक अरुका हकमा भने छलफलका लागि करीब एक घण्टाको समय निर्धारण गरिएको छ । मतदानपछि अधिवेशन आज नै अन्त्य हुनेछ ।

नेपालको संविधान जारी भएपछि विश्वासको मतको प्रयोजनका लागि पहिलो पटक बस्न लागेको यो अधिवेशन सकिएलगत्तै सरकारले बर्खे अधिवेशन बोलाउनेछ । अधिवेशनको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ । त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्षमण्डल चयन गरिनेछ । बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

प्रस्ताव टेबल गरेसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नुहुनेछ । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्न्त्री ओलीले जवाफ दिनुहुनेछ । प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव अघि बढ्नेछ । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था रहनेछ ।

विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था हुनेछ । संवैधानिक व्यवस्थानुसार २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ सदस्य कायम छ । दल त्यागसम्बन्धी व्यवस्थानुसार नेकपा ९माओवादी केन्द्र०ले कारबाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको ठाउँ रिक्त रहेको छ ।

सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताब आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा हुनुहुन्छ । उहाँहरुलाई मत जाहेर गर्ने अधिकार छैन । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात १३६ मत प्राप्त गर्न आवश्यक छ । मत बराबर भएको अवस्थामा सभामुखले निर्णय दिन पाउनु हुनेछ, अन्यथा आजको अधिवेशनमा २६६ सांसदले मत जाहेर गर्नुहुनेछ ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत पाउने र नयाँ गठबन्धनको सरकार बन्ने दुवै सम्भावना अनिश्चित छ । आफ्नै दलभित्र विश्वासको वातावरण बनाउन नसकेका ओलीलाई जनता समाजवादी पार्टीले पनि मत नदिने स्पष्ट भैसकेको छ । कांग्रेस र माओवादीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । यस्तै जनता समाजवादी पार्टी ९जसपा० ले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने तर विपक्षमा मत दिन स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको छ । ३२ सांसद रहेको जसपाको भट्टराई–यादव समूहले यसअघिदेखि नै विश्वासको मतको विपक्षीमा मतदान गर्ने स्पष्ट गरिसकेको छ ।

एमालेका सबै एकसय २१ जना सांसदले मत दिए पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सक्नुहुन्न । त्यसमाथि एमालेका कति सांसदले ओलीलाई मत दिन्छन् भन्ने स्पष्ट छैन । एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको अवस्थामा मात्र विश्वासको मत दिने निर्णय गरेको छ ।

खनाल–नेपाल समूहले ओलीका तर्फबाट त्यस्तो प्रतिबद्धता आज बिहान ९ बजेसम्म नआए सामूहिक राजीनामा गर्ने जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदले मत दिन पाउनेछन् ।

 


प्रकाशित : २०७८ बैशाख २७, सोमबार ०१:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन लक्षित एमाले बाणगङ्गा–६ को विस्तारित बैठक सम्पन्न

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech