ताजा अपडेट

कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

“अमेरिकाको आक्रमण : इरानका तीन आणविक साइट प्रभावित”

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रधानमन्त्रीले विश्वासको मत पाउने र नयाँ गठबन्धन सरकार बन्ने दुवै सम्भावना कम

लुम्बिनी दर्पण २०७८ बैशाख २७, सोमबार ०१:३२
[sharethis-inline-buttons]

लुदअ बैशाख २७, काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने पुष्टयाइँका लागि आज सोमबार प्रतिनिधिसभाको बैठक बस्दैछ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्रको आन्तरिक मतान्तर तथा अरु दलभित्र पनि विवाद भएका बेला संसद बैठक बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदलाई पनि मतदान प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सम्बोधन गर्नुहुनेछ । पूर्वप्रधानमन्त्री र पूर्वसभामुखलाई भने बोल्नका लागि समयसीमा नतोक्ने प्रचलन रहेको छ । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र पूर्वसभामुखबाहेक अरुका हकमा भने छलफलका लागि करीब एक घण्टाको समय निर्धारण गरिएको छ । मतदानपछि अधिवेशन आज नै अन्त्य हुनेछ ।

नेपालको संविधान जारी भएपछि विश्वासको मतको प्रयोजनका लागि पहिलो पटक बस्न लागेको यो अधिवेशन सकिएलगत्तै सरकारले बर्खे अधिवेशन बोलाउनेछ । अधिवेशनको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ । त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्षमण्डल चयन गरिनेछ । बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

प्रस्ताव टेबल गरेसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नुहुनेछ । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्न्त्री ओलीले जवाफ दिनुहुनेछ । प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव अघि बढ्नेछ । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था रहनेछ ।

विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था हुनेछ । संवैधानिक व्यवस्थानुसार २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ सदस्य कायम छ । दल त्यागसम्बन्धी व्यवस्थानुसार नेकपा ९माओवादी केन्द्र०ले कारबाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको ठाउँ रिक्त रहेको छ ।

सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताब आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा हुनुहुन्छ । उहाँहरुलाई मत जाहेर गर्ने अधिकार छैन । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात १३६ मत प्राप्त गर्न आवश्यक छ । मत बराबर भएको अवस्थामा सभामुखले निर्णय दिन पाउनु हुनेछ, अन्यथा आजको अधिवेशनमा २६६ सांसदले मत जाहेर गर्नुहुनेछ ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत पाउने र नयाँ गठबन्धनको सरकार बन्ने दुवै सम्भावना अनिश्चित छ । आफ्नै दलभित्र विश्वासको वातावरण बनाउन नसकेका ओलीलाई जनता समाजवादी पार्टीले पनि मत नदिने स्पष्ट भैसकेको छ । कांग्रेस र माओवादीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । यस्तै जनता समाजवादी पार्टी ९जसपा० ले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने तर विपक्षमा मत दिन स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको छ । ३२ सांसद रहेको जसपाको भट्टराई–यादव समूहले यसअघिदेखि नै विश्वासको मतको विपक्षीमा मतदान गर्ने स्पष्ट गरिसकेको छ ।

एमालेका सबै एकसय २१ जना सांसदले मत दिए पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सक्नुहुन्न । त्यसमाथि एमालेका कति सांसदले ओलीलाई मत दिन्छन् भन्ने स्पष्ट छैन । एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको अवस्थामा मात्र विश्वासको मत दिने निर्णय गरेको छ ।

खनाल–नेपाल समूहले ओलीका तर्फबाट त्यस्तो प्रतिबद्धता आज बिहान ९ बजेसम्म नआए सामूहिक राजीनामा गर्ने जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदले मत दिन पाउनेछन् ।

 


प्रकाशित : २०७८ बैशाख २७, सोमबार ०१:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु
  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन
  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण
  • कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या
प्रतिक्रिया

यो पनि पढौँ

आश्चर्यजनक: ७७% निर्यात वृद्धि हुँदा पनि व्यापार घाटा १४ खर्ब पुग्यो

‘टेक एन्ड पे’ फिर्ता लिन प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एकैपटक एसएमएस

भैरहवा कारागारबाट रवि लामिछानेले प्रधानमन्त्री ओलीलाई लगाए यस्तो आरोप

भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गरौँ : ज्ञानेन्द्र शाही

लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्माको घरबाट उद्धार गरिएकी बालिका: सर्वोच्च अदालतका तीन प्रश्नको जवाफ माग

राप्रपाले बहिस्कार गर्‍यो, माओवादीले निजामती विधेयक माग्यो

सांसद थापाले च्याते बजेट पुस्तिका

स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन, यी हुन् नौ निर्णय

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

भर्खरै

  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

  • कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

  • “तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

  • इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

  • इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

  • “अमेरिकाको आक्रमण : इरानका तीन आणविक साइट प्रभावित”

  • राष्ट्रिय पुँजी विकासमा सहकारी भुमिका महत्वपुर्ण : मन्त्री अधिकारी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech