राजिनामाबाट पछी हट्यो नेपाल-खनाल पक्ष ,बैठकमा नजाने निणर्य

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, काठमाण्डौ
नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निणर्य गरेको छ। बैठकमा केही सांसदले राजीनामा नदिन दवाव दिँदै केही सांसदले असन्तुष्टि समेत जनाउँदै बैठक बहिस्कार गरेपछि तत्कालका लागि सांसद पदबाट राजीनामा नदिने निणर्य गरेको हो ।
तर आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निणर्य बैठकले गरेको छ।
बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निणर्य हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् । ती सांसदमा पार्वतीकुमारी विशुन्खे र समिना खातुन रहेका छन् । बैठकबाट बाहिरिने क्रममा उनीहरुले बैठकले सांसदबाट सामूहिक राजीनामा दिने निणर्य भएको प्रतिक्रिया दिँदै आफूहरुको त्यसमा असन्तुष्टि रहेको बताए ।
खनाल नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायम राख्नका लागि भन्दै ६ बुँदे पत्र पठाएर आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटमबाट माग सम्बोधन नभएपछि खनाल नेपाल समूहका सांसदहरु राजीनामा दिने बताएका थिए तर एकाएक नेपाल पक्ष राजिनामाको प्रस्तावबाट पछी हटेर दोस्रो निणर्य गरेका हुन् ।


प्रकाशित : २०७८ बैशाख २७, सोमबार ०५:४२