वर्तामान सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण छैन – प्रधानमन्त्री ओलीले

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाण्डौ –
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तामान सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले उल्लेख्य काम गरेकोले सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।

सरकारले सबै पक्षसँग छलफल गर्न तयार रहेको भन्दै उहाँले औचित्य र आवश्यकताको आधारमा संविधान संशोधन गर्न आफू तयार रहेको बताउनुभयो । अब विभाजनको राजनीति समाप्त भइसकेको भन्दै उहाँले देशको सार्वभौमसत्ता, स्वाधीनता भौगोलिक अखण्डतामा अब कुनै विवाद नरहेको बताउनुभयो ।

दोषी को हो भनेर अनुहार हेरेर कारबाही गर्ने कि नगर्ने भनेर सरकारले नहेर्ने भन्दै उहाँले अराजनीतिक र गैरकानुनी काम गर्नेहरूलाई सरकारले अनुहार हेरेर छाड्ने काम नगर्ने बताउनुभयो ।

अहिलेको सरकारले शान्ति र सुव्यवस्थाको अवस्था राम्रो बनाएको भन्दै सत्यलाई स्वीकार गरेर अघि बढ्न तयार हो भने सबैले अहिलेको सरकारलाई विश्वास दिनुपर्ने ओलीले बताउनुभयो । यसैका लागि संसदमा आफूले विश्वासको मत लिन चाहेको उहाँले बताउनुभयो ।

राजमार्ग, झोलुङ्गे पुल, सुरुङ मार्गसहित विकास निर्माणका काममा पनि अहिलेको सरकारले उल्लेख्य प्रगति गरेको ओलीको भनाइ छ ।


प्रकाशित : २०७८ बैशाख २७, सोमबार ०९:०४