एसईई र कक्षा १२ को परीक्षा स्थगित

ByLumbini Darpan Online

२७ बैशाख २०७८, सोमबार १२:२० २७ बैशाख २०७८, सोमबार १२:२० २७ बैशाख २०७८, सोमबार १२:२०

वैशाख २७,
राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘सरकारले पनि परीक्षा नचलाउ भनेको छ, कोभिड पनि बढेको बढ्यैछ, नियन्त्रणमा छैन, परीक्षा सञ्चालन गर्न सक्ने अवस्था रहेन, तत्कालका लागि स्थगित गरियो, परीक्षा हुने समय पुनः अर्को सूचना निकाल्छौं,’ उनले भने ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *