स्थायी राजधानी दाङमा स्थानान्तरण गर्न लुम्बिनी प्रदेशले काम थाल्यो

ByLumbini Darpan Online

२७ बैशाख २०७८, सोमबार १२:२४ २७ बैशाख २०७८, सोमबार १२:२४ २७ बैशाख २०७८, सोमबार १२:२४

बैशाख २७, दाङ
लुम्बिनी प्रदेश सरकारले प्रदेश मन्त्रालयको कार्यालय स्थायी राजधानी दाङको देउखुरी राप्ती उपत्यकामा स्थानान्तरण गर्न थालेको छ । पहिलो चरणमा तीन मन्त्रालय राप्ती उपत्यकामा स्थानान्तरण गर्न थालिएको हो । ग्रामीण तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थानान्तरण गर्न थालिएको ग्रामीण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालले जानकारी दिनुभयो । हिजो राप्ती उपत्यका देउखुरी मौरीघाटमा ग्रामीण तथा सहरी विकास मन्त्रालयको कार्यालय स्थापना गरिएको हो । मन्त्री रिजालले मन्त्रालयमा पदभार ग्रहण पनि गर्नुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयनका लागि लुम्बिनी प्रदेशको राजधानीले नयाँ सन्देश दिएको बताउनुभयो । लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन सञ्चालनको तयारी थियो तर मन्त्रालय र विभाग नहुँदा अधुरो हुने भएकाले पहिला मन्त्रालय स्थापनाको काम गरिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *