प्रधानमन्त्रीले मागेको विश्वासको मत प्रतिनिधिसभाबाट अस्वीकृत ।

ByLumbini Darpan Online

२७ बैशाख २०७८, सोमबार १२:२६ २७ बैशाख २०७८, सोमबार १२:२६ २७ बैशाख २०७८, सोमबार १२:२६

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा मागेको विश्वासको मत अस्वीकृत भएको छ । आज बसेको बैठकमा प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा ९३ मत प्राप्त भयो भने विश्वासको मतको विपक्षमा १ सय२४ मत खसेको छ । यस्तै १५ जनाले मत दिन्न भनेर मतदान गरेका थिए । आजको संसद बैठकमा २ सय ३२ जना उपस्थित थिए । दिउँसो १ बजेदेखि चलेको संसद बैठकमा प्रधानमन्त्री ओलीले राम्रोसँग सञ्चालन गर्ने भए आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । प्रतिनिधिसभामा विश्वासको माग माग्दै उहाँले संसद राम्रोसँग सञ्चालन गर्ने भए आफूलाई विश्वासको मत दिनुपर्ने बताउनुभयो । उहाँले विश्वासको मत नदिए आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने पनि बताउनुभयो । ‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन, संसदले आदेश देओस्, छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त भइहाल्छ , उहाँले भन्नुभयो । यसमा कुनै जालझेल र षड्यन्त्र नरहेको उहाँको भनाइ थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *