काठमाडौं ः
नयाँ सरकार गठनका लागि निर्णायक जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरु अनौपचारिक छलफलमा जुटेका छन् । अहिले पार्टी अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा अनौपचारिक छलफल भइरहेको छ । पार्टी अध्यक्ष ठाकुर र उपेन्द्र यादवबीच दुई गठबन्धनको सरकारका लागि दुई धार देखिएपछि संघीय परिषद् अध्यक्ष भट्टराइले सहमतिका लागि छलफलको प्रयास गरेका हुन् । उनीहरुबीचको छलफलपछि पार्टीको बैठक बस्न सक्ने नेता राजकिशोर यादवले जानकारी दिए । ठाकुरले वर्तमान सरकारले आफूहरुका माग संवोधन गर्ने प्रकृया थालिसकेको बताउँदै गठबन्धनको सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेका छन् । तर यादव पक्षले भने जसरी पनि गठवन्धनको सरकार बनाउनुपर्ने पक्षमा अभिव्यक्ति दिँदै आएको छ । यादव–ठाकुर दुई धारमा उभिएपछि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेमा पनि पार्टी दुई भागमा विभाजन भएको थियो ।


















