कोविड –१९ महामारीको बेला एक जुट भएर लाग्न प्रतिनिधी सभा सदस्य विश्वकर्माको आग्रह

[sharethis-inline-buttons]

वैशाख ३०,
विश्व व्यापी रुपमा फैलिएको कोविड –१९ महामारीको नियन्त्रणका लागि एक जुट भएर लाग्न प्रतिनिधी सभा सदस्य छविलाल विश्वकर्माले सवैसँग आग्रह गर्नु भएको छ । चुर्नातीपुर्ण परिस्थीतिलाई नियन्त्रण गर्नको लागि नेपाल सरकारका विभिन्न निकायहरु जस्तै चिकित्साकर्मी,नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी लगायतका सुरक्षाकर्मीहरु,तीनै तहका जनप्रतिनिधीहरु,सरकारी कर्मचारी तथा सामाजिक कार्यकर्ताहरु,सञ्चारकर्मीहरु कृयाशिल रहेको बताउँदै नेकपा एमालेका स्थायी कमिटी सदस्य विश्वकर्माले सरकारले आह्वान गरे अनुरुप नागरिकको तर्फबाट समेत योगदान दिन आवश्यक रहेको बताउनु भएको छ ।
मुसलमान समुदायको पर्व ईदुलफित्र(रमजान) को अवसरमा शुभकामना शन्देश दिदै विश्वकर्माले वर्तमान संकटको अवस्थालाई मध्यनजर गरी सुरक्षा मापदण्ड अपनाएर पर्व मनाउन मुसलमान समुदायालाई आग्रह गर्नु भएको छ । उहाँले निर्वाचन क्षेत्र नं १ तथा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण मुसलमान समुदायलाई शुभकामना दिदै आफु पनि वाँच्ने र अरुलाई पनि वचाउने अभियानमा लाग्न आग्रह गर्नु भएको छ ।
सरकारले आह्वान गरेको निशेधाज्ञा पालना गर्न तथा स्वास्थ्य मापदण्ड पालना गर्न समेत उहाँले सवैसँग अनुरोध गर्नु भएको छ ।


प्रकाशित : २०७८ बैशाख ३०, बिहीबार १०:५१