ताजा अपडेट

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

चुरेको निणर्य लत्याउदै तिब्र दोहन, पत्रको वेवास्ता

लुम्बिनी दर्पण २०७८ बैशाख ३१, शुक्रबार ०९:२९
[sharethis-inline-buttons]

लुदस, जितपुर

अर्घाखाँचीको सितगंगा १४ पावरा विक्रम गाँउ नजिक भैरहेको चुरे दोहन तत्काल रोक्न जारी गरेको राष्ट्रपति चुरे – तराई मधेश संरक्षण समितिको निणर्य लत्याउदै चुरे दोहन भैरहेको छ ।

गाउँनै जोखिममा पर्ने गरि ठेकेदारले स्काभेटर प्रयोग गरेर मनपरि चुरे दोहन गरेका छन् । नगरले केही ठेकेदारसित मिलेर ऐनकानुनको धज्जी उडाउँदै चुरे पहाडको पिँध खोस्रिने अनुमती दिएको फेला परेको हो ।

नगरले रुपन्देहिको डि. एस कन्ट्रक्सनलाई चुरे क्षेत्र बाणगंगाको माथिल्लो तटिय क्षेत्रबाट पहिलो चरणमा ६ हजार ८ सय घनमिटर नदिजन्य पदार्थ निकासीका लागि ठेक्का दिएको बताएको छ ।
ठेकेदारले २ वटा ठुला औजार स्काभेटरले नदिजन्य पदार्थ निकासीका लागि करिव १ दर्जन ट्रिप्परको प्रयोग गरि मनपरि दोहन गरेका छन् । एउटा टिप्परले दैनिक १२/ १५ ट्रिप गर्ने गरेको स्थानियको भनाई छ ।

https://lumbinidarpanonline.com/wp-content/uploads/2021/05/video-1620983295.mp4

यस अगाडी चुरे दोहनका विषयमा लुम्बिनी दर्पण अनलाईन लगाएत विभिन्न अनलाईनहरुमा समाचार प्रकाशित भएपछी राष्ट्रपति चुरे -तराई मधेश संरक्षण विकास समितिको ध्यानाकर्षण भएको थियो ।
चुरेमा मेशिन प्रयोगमा रोक , तर कार्यान्वयन भएन्


शितगंगा नगरपालिकाले चुरे संरक्षण अन्र्तरगत पर्ने बाणगंगा खोला लगाएतका ६ वटा घाटक्षेत्रबाट नदिजन्य पदार्थ उत्खनन् /संकलनका लागि चुरे संरक्षण क्षेत्रमा विकास निर्माण गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि तथा मापदण्ड २०७७ बमोजिम समितिका प्रविधिक टोलीले नै अध्ययन गरि २०७७/१२/०१ को पत्रबाट कामदारहरुबाट घरेलु औजार प्रयोग गरि नदिजन्य पदार्थ संकलन गर्न अनुमती दिएको तर नगरले अनुमती विपरित नदिजन्य पदार्थ दोहन गरेको विषयमा समाचार आईसकेको हुदाँ शर्त विपरित भएका कार्यहरु तत्काल बन्द गर्न निर्देशन जारी गरेको भएपनी दिनहु खुलेयाम मेशिनको प्रयोग गरि दोहन बढ्ेको हो । साथै पत्रमा तोकिएका शर्तहरु विपरित भैरहेका कार्य यथासिग्र बन्द गराई सोको जानकारी पठाउन अर्घाखाँचीका शितगंगा नगरपालिका, जिल्ला प्रशाशन कार्यालय , डिभिजन वन कार्यालय, लगाएतलाई पत्राचार गरेको छ ।
सवारी अनुमती पत्रका भरमा निकासी
ठेकेदारले विभिन्न सरोकारवालाको मिलेमत्तोमा जिल्ला प्रशाशन कार्यालयले जारी गरेको सवारी अनुमती पत्रका भरमा निकासी गरेका छन् । राजश्व रसिद विना नै लकडाउनमा पास जारी भएको पत्र देखाउदै निकासी गरेका हुन् ।

सामुदायिक वन भित्र डम्पिङ्ग

ठेकेदारले कतैपनी नियमानुसार काम गरेको छैन् । उत्खनन्बाट संकलित केही नदिजन्य पदार्थ अर्घाखाँचीकै पावरा विक्रम गाउँ नजिकको सामुदायिक वन र धेरै परिमाण कपिलवस्तुको नन्दनगर स्थित कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर धार्मिक वनभित्र डम्पिङ्ग गरेका छन् । जुन वन ऐन विपरित भएको डिभिजन वन कार्यालय कपिलवस्तुका साहयक वन अधिकृत मदन मोहन स्याडिल्यले बताए । उनले तत्काल हटाउन पत्राचार भैसकेको बताए ।

यसरी यि दुई डम्पिङ्गमा रहेको नदिजन्य पदार्थ हेर्दापनी तोकेको परिमाण भन्दा बढी नदिजन्य पदाथर् उत्खनन् भैसकेको देखिन्छ ।
अनुगमनको छैन् टुङ्गो , नियमन निकायको गैह् जिम्मेवार तर्क

यसरी ठेकेदारले मनपरि गर्दा र राज्यकै जिम्मेवार निकायबाटै रोक लगाउन पत्राचार गर्दा समेत सरोकारवाला निकाय मुखदर्शक भएका छन् । जिल्ला प्रशाशन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल ले चुरेको पत्र प्राप्त भएको तर जिम्मेवार निकाय जिल्ला समन्वय समिति र नगरपालिका नै भएको हुदाँ उनिहरुले पत्रको कार्यान्वयन नगरे मात्र आफुहरुले गर्ने भन्दै प्रतिक्षामा बसेको बताए , यता समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुषाल समेत जिम्मेवारीबाट तर्कन खोजे उनले लकडाउनको अवस्था भयावह भएको भन्दै एक्लैले अनुगमन नहुने १५/२० जना जान सम्भव नभएको गैह् जिम्मेवारी तर्क गरे सवारी साधनले रसिदको प्रयोग भने अनिवार्य गर्नुपर्ने उनको भनाई थियो ।

यता सितगंगा नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत प्रेम बहादुर के.सीले नगरकार्य पालिकाको वैठकले मेशिनविना उत्खनन् संम्भव नभएको भन्दै मेशिनको प्रयोग गर्ने अनुमती दिएको भन्दै राजश्व जम्मा भैसकेको हुदाँ नगर कार्यपालिकाको निणर्य परिवर्तन नहुने मेशिन नै प्रयोग हुने बताए ।
ठेक्का रहस्यमय
यता सितगंगा नगरबासीहरुले गतवर्ष ठुलो रकममा रहेको ठेक्का यसवर्ष एकदमै कम राजश्वमा दिईनु नगरका जनप्रतिनिधि र अन्य सरोकारवाला हरुको मिलेमत्तो भएको हुन सक्ने बताएका छन् ।

https://lumbinidarpanonline.com/wp-content/uploads/2021/05/video-1620983290-1.mp4

सो क्षेत्रमा अझै २ वटा क्षेत्रमा पनि कम मुल्यमा ठेक्का भैसकेको बताए ।
कोरोनाको महामारीमा देश गुजरिएको अवस्थामा अझ विशेष गरी स्थानीय सरकारमा सहभागी व्यक्तिहरू नै चुरे क्षेत्रको दोहनमा लागेकाले पनि यो झनै जटिल समस्या बन्दै गएको छ ।

चुरे आसपासको क्षेत्र र चुरेबाट बग्ने खोलाहरूमा जे जसरी अनियन्त्रित ढंगले मेशिनको प्रयोग भैरहेको छ । त्यस विषयमा सरकारी निकाय विचको तालमेल नै आश्चर्यजनक छ।

सरकारी निकायहरूको यही मौनताको फाइदा उठाउँदै चुरे क्षेत्रबाट बग्ने खोलाको मुहानबाटै खोस्रेर गिटी, ढुंगालगायतका सामग्री दैनिक रूपमा ठूलो परिमाणमा निकासी हुने गरेको पाइएको छ। उत्खननका कारण वन क्षेत्र र चुरे क्षेत्रको विनाशमात्र भइरहेको छैन, त्यस क्षेत्रको बस्ती र पर्यावरणिय जोखिम समेत बढेको छ ।

दोहन बारे तल्लो तटिय क्षेत्रका बासिन्दामा चिन्ता

चुरेको माटो खुकुलो हुने र चुरे दोहनलाई बेलैमा नियन्त्रण गर्नेतर्फ ध्यान नदिने हो भने यसले भविष्यमा ठूलै विपत्ति ल्याउन सक्ने भन्दै चुरेको आसपास र तल्लो तटिय क्षत्रमा बस्ने बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । संघीय सरकारमात्र होइन, प्रदेश र स्थानीय सरकार पनि उत्तिकै सजग हुन जरुरी रहेको बाणगंगा २ राजपुरका विपिन पौडेलले बताए । मुख्य कुरा चुरे संरक्षणका लागि ल्याइएका कार्यक्रमहरुको प्रभावकारी हिसाबले कार्यान्वयन गर्नुपर्छ भने चुरे दोहनमा संलग्न जोकोहीलाई पनि कानुनी कारबाही गर्नुपर्छ।


प्रकाशित : २०७८ बैशाख ३१, शुक्रबार ०९:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
प्रतिक्रिया

यो पनि पढौँ

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

भर्खरै

  • प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech