दाङ र बाँकेमा गरी १४ जना कोरोना संक्रमणबाट ज्यान गयो

ByLumbini Darpan Online

३१ बैशाख २०७८, शुक्रबार १०:३० ३१ बैशाख २०७८, शुक्रबार १०:३० ३१ बैशाख २०७८, शुक्रबार १०:३०

दाङ, बैशाख ३१
लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी थप १४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । कोरोना संक्रमणबाट ज्यान जानेमा दाङका ६ जना र बाँकेका ८ जना रहेका छन् ।
दाङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिकाका ५ र घोराहीका १ जना रहेका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो सिटी अस्पतालमा उपचाररत तुलसीपुर–७ का ६२ वर्षीय पुरुष र १२ का ६७ वर्षीय पुरुष मृत्यु भएको हो ।
त्यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत तुलसीपुर–८ का ३० वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुरका दुई सङ्क्रमितको मृत्यु भएको छ । यही वैशाख २४ गतेदेखि अस्पतालमा उपचार गराइरहेका तुलसीपुर–१९ का ४९ वर्षीया महिलाको आज उपचारका क्रममा ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।

तुलसीपुर–९ निवासी २४ वर्षीया महिलाको बिहीबार साँझ पौने ७ः०० बजेतिरज्यान गएको अस्पतालले जानकारी दिएको छ । होम आइसोलेशनमा बसेका घोराही–९ का ३३ वर्षीय पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।
यसैगरी बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा ५, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमाज्यान गएको छ । । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका–१ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ निवासी ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँके निवासी ३५ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँके निवासी ७५ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले बताए ।

त्यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका–२ निवासी २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिका निवासी ४० वर्षीय पुरुषको ज्यान गएको छ भने खजुरा गाउँपालिका–१ बाँके निवासी ६४ वर्षीया महिलाको होम आइसोलेशनमा ज्यान गएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुुमाउनेको संख्या २२२ पुगेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *