काठमाडौं, बैशाख ३१
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ।पार्टीको विवादको विषयमा आज एमालेका दुईपक्षबिच छलफल हुने भएको हो ।पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग छलफलका लागि वरिष्ठ नेता नेपालले आफु बाहेक ५ सदस्य एक टोली चयन गरेका छन्।टोलीमा भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुने भएका छन्। आज साँझ छ बजे छलफलको समय तोकिएको छ।






















