कोरोनाले लियो एकै परिवारका ३ जनाको ज्यान

ByLumbini Darpan Online

३१ बैशाख २०७८, शुक्रबार १२:१७ ३१ बैशाख २०७८, शुक्रबार १२:१७ ३१ बैशाख २०७८, शुक्रबार १२:१७

 

बागलुङ, वैशाख ३१
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ४ मा कोरोना संक्रमणबाट एकै घरका तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेको स्वास्थ्य कार्यालयले बताएको छ । जलजला गाउँमा केही हप्ताअघि विवाह समारोह भएको थियो । उक्त समारोहमा सहभागी भएकाहरु धेरै संक्रमित भएका छन् । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयले जनाएका छन् ।

उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको बागलुङको धौलागिरी र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । ।एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ ।

प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ । विहेभोजमा सहभागीहरुका करिब तीन दर्जन नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्य धेरैजसो होम आइशोलेसनमा रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँभरीका स्थानीयहरुमा ज्वरो, रुघाखोक र कोरोनाको शंकास्पद लक्षण देखिएको बताइएको छ । गाउँपालिकाले संक्रमण रोक्नका लागि हर प्रयास थालेको छ । परिवारकै तीन जनाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *