कोरोना नियन्त्रणमा सरकार गम्भिर नभएको काँग्रेस सभापति देउवा

ByLumbini Darpan Online

३१ बैशाख २०७८, शुक्रबार १२:४३ ३१ बैशाख २०७८, शुक्रबार १२:४३ ३१ बैशाख २०७८, शुक्रबार १२:४३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापर्बाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना सङ्क्रमण बढिरहेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरुको पवित्र चाड इद उल फित्रका अवसरमा शुभकामना दिँदै सभापति देउवाले अहिलेको अवस्थामा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको बताउनुभएको छ । देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा रहेको र सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो सङ्क्रमणसँगै आईसीयू बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो गैरहेको सभापति देउवाले बताउनुभएको छ । यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको उहाँको भनाइ छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *