गण्डकी प्रदेशमा एकैदिन २३ जना कोरोना संक्रमितको मृत्यु

[sharethis-inline-buttons]

१ वैशाख, पोखरा ।
गण्डकीमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । गण्डकीका विभिन्न जिल्लाका पोखरामा उपचाररत १९ जनाको जनाको मृत्यु भएको हो भने बाँकी ४ जनाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

योसँगै गण्डकीमा वैशाख महिनामा मात्र १ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म गण्डकीमा मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ । पोखरा–१५ की ४५ वर्षीय महिलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । उनलाई २६ गते कोरोना संक्रमण देखिएर अस्पताल भर्ना गरिएको थियो ।


प्रकाशित : २०७८ बैशाख ३१, शुक्रबार १३:०२