हामी नेपाली ग्लोवल र संगीतकर्मी संघद्धारा छैठौ दिन पनी राहतमा निरन्तरता

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी, कपिलवस्तु ।

सामाजिक सेवा भावले ओतप्रोत हामी नेपाली ग्लोवल नामक अन्तराष्ट्रिय संस्था र कलाकर्मीहरुको छाता संगठन राष्ट्रिय संगीतकर्मी संघ आज छैठौं दिन पनी राहत तथा सहयोगका माध्यमबाट मानव सेवामा सक्रिय भैरहेको छ । अहिले बिश्व समुदायनै कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमणबाट ग्रसित भैरहेको बेला छिमेकी राष्ट्र भारत लगायत नेपालमा पनी यसको संक्रमण बढ्दै गएपछि नेपाल सरकारले जारी गरेको लक डाउन (निशेधाज्ञा)का कारण आम नागरिकहरु समस्यामा परेका छन् ।

यसै बिच आज प्रहरी महानगरीय परिसरका बरिष्ठ प्रहरी उपरिक्षक अशोक सिंह लाई दुई हजार पिस माक्स हस्तान्तरण गरिएको राष्ट्रिय संगीतकर्मी संघका महासचिव तथा बिपत व्यवस्थापन समितिका संयोजक विक्रम जंग शाहले बताएका छन् । लकडाउनको समयमा काठमाण्डौं उपत्यका भित्र गौशाला,बानेश्वर,चावहिल,कोटेश्वर,माइतीघर लगायतका ठाउँहरुमा सुरक्षाका लागी खटिएका ,शशस्त्र प्रहरी, जनपथ प्रहरी र अन्य स्वयंसेवक गरी ४०० सय जनालाई माक्स,पानी र प्याकिङ् विस्कुट बितरण गरिएको महासचिव शाहले बताएका छन् । गित संगीतलाई पेशा व्यवसाय मानेर जिविको पार्जन गर्दे आएका २० जना बिशेष क्षमता भएका कलाकारहरुलाई दाल, चामल,नुन, तेल लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हामी नेपाली ग्लोवलका अध्यक्ष तथा अभियान्ता अमृत लामाले बताएका छन् ।

कोरोना संक्रमणको महामारीमा पनी आफ्नो जिवन हत्केलामा राखेर राहत , खाद्यान्न तथा मेडिकल सामाग्री बितरण गरी मानव सेवा जस्तो पुन्य कार्यमा जुट्न पाउँदा आफुलाई खुसी लागेको अध्यक्ष लामा बताउँछन् । उता अर्का अभियान्ता बिक्रम जंग शाहले बरु आफु जोखिम मोल्न तयार रहेको तर भोको पेटको रोदन र चित्कार सहन नसक्ने बताउँछन् । र आवश्यकता अनुसार यो अभियानलाई निरन्तरता दिने उनको भनाई रहेको छ ।

यस्तो महामारीको अवस्थामा सबै जना सुरक्षित रहन आग्रह गर्दे यदी कसैलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्नको समस्या परेमा आफुहरुलाई सम्पर्क गर्न शाहले अनुरोध समेत गरेका छन्


प्रकाशित : २०७८ बैशाख ३१, शुक्रबार १३:०५