
लुदस, जितपुर
अर्घाखाँचीको सितगंगा १४ पावरा विक्रम गाँउ नजिक भैरहेको चुरे दोहन तत्काल रोक्न जारी गरेको राष्ट्रपति चुरे – तराई मधेश संरक्षण समितिको निणर्य लत्याउदै चुरे दोहन भैरहेको छ ।
समाचारहरु लुम्विनी दर्पण अनलाईन लगाएतका विभिन्न मिडियामार्फत सार्वजनिक भएपछी सितगंगा नगरपालिका मा खैलाबैला मच्चिएको छ । गाउँनै जोखिममा पर्ने गरि ठेकेदारले स्काभेटर प्रयोग गरेर मनपरि चुरे दोहन गरेका हुन । नगरले का केही जनप्रतिनिधिहरु ठेकेदारसित मिलेर ऐनकानुनको धज्जी उडाउँदै चुरे पहाडको पिँध खोस्रेर अकुत कमाउने दाउमा स्काभेटर संचालनको अनुमती जनप्रतिनिधिले नै बताए ।
सितगंगा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष गोर्वद्धन थापाले नगरका प्रमुख प्रशाशकीय अधिकृत प्रेम बहादुर के.सी र केही जनप्रतिनिधिहरुले कार्यपालिकाको निणर्यले स्काभेटर संचालन अनुमती दिएको भनेतापनी त्यस्तो खालको मेशिननै प्रयोग गर्ने अन्र्तरघाती निणर्य बारे आफुलाई केही थाहा नभएको बताए उनले चुरे संरक्षणका निम्ति हामीले विभिन्न कार्य गर्दै आईरहेका बेला बस्ती नजिकै गएर स्काभेटर लगाउने अनुमती कस्ले दियो यस्तो जधन्य अपराध गर्ने जो कोहीलाई छानविन गरि कार्वाही गर्नुपर्ने बताए ।
वडा नं. ११ का वडा अध्यक्ष कोपिलचन्द्र आलेले यसरी मेशिन प्रयोग गर्ने सन्दर्भ निणर्य नगरेको बताउदै खोलामा नदिजन्य पदार्थ थुप्रिएर गाउँ जोखिममा परेको भन्ने ठहर भएमा गाउँ बचाउन नियमको पालना गरि लगाउनुपर्नेमा यो मनोमानी भएको बताए ।
नगरले रुपन्देहिको डि. एस कन्ट्रक्सनलाई चुरे क्षेत्र बाणगंगाको माथिल्लो तटिय क्षेत्रबाट पहिलो चरणमा ६ हजार ८ सय घनमिटर नदिजन्य पदार्थ निकासीका लागि ठेक्का दिएको बताएको छ ।
ठेकेदारले २ वटा ठुला औजार स्काभेटरले नदिजन्य पदार्थ निकासीका लागि करिव १ दर्जन ट्रिप्परको प्रयोग गरि मनपरि दोहन गरेका छन् । एउटा टिप्परले दैनिक १२/ १५ ट्रिप गर्ने गरेको स्थानियको भनाई छ ।यस अगाडी चुरे दोहनका विषयमा लुम्बिनी दर्पण अनलाईन लगाएत विभिन्न अनलाईनहरुमा समाचार प्रकाशित भएपछी राष्ट्रपति चुरे -तराई मधेश संरक्षण विकास समितिको ध्यानाकर्षण भएको थियो ।
तर चुरेको पत्रको समेत बेवास्ता गर्दै नगरका केही जनप्रतिनिधिले मनपरी गर्दै आएपछी मेशिन प्रयोग भैरहेको थियो ।
युवासंघले रोक्यो मनपरी दोहन
सितगंगा नगरपालिकाको युवा संघको टोली चुरे दोहन गरेको स्थानमा सनिवार दिउसो पुगेर दोहन रोकेको बताएको छ । युवासंघका शितगंगा नगर अध्यक्ष तिलक अधिकारी र सचिव हरि खनालको नेतृत्वमा पुगेको टोलीले चुरे दोहन गर्ने टिपर र स्काभेटरको साचो कब्जा गरेको र पछी निकासी नगर्ने शर्तमा फिर्ता गरेको बताए ।
नगरले नियम विपरित ठेकेदारलाई स्काभेटर प्रयोग गर्ने अनुमती दिएको गुनासो ठेकेदार पक्षबाट आएको हुदाँ यो विषयमा नगर जिम्मेवार हुनुपर्ने बताउदै अटेरी गरेर अव पनि मनपरि दोहन गरे त्यसको जिम्मा समेत नगरले दिनुपर्ने चेतावनी समेत दिए ।
उनिहरुले तत्काल घाटगद्धिमा संकलन भएको नदिजन्य पदार्थ स्थानिय, युवा, तथा सरोकारवालाको रहोबरमा नापजोख गरि विवरण सार्वजनिक समेत गर्नुपर्ने बताए ।
१.यस्तो छ कार्यविधि ः
बन क्षेत्रबाट १ किलोमिटर भित्र, पक्कि पुलको ५ सय मिटर माथि र १ किलोमिटर तल घना बस्तीबाट १ किलोमिटर तल नदि खोलाको वर्षातको किनारमा आधारित क्षेत्र वरिपरिबाट नदिजन्य पदार्थ निकासी गर्न नपाउने प्रवधान रहेको छ यदी निकाल्ने अवस्था श्रीजना भए नदीजन्य पदार्थ नदि, खोला, र खहरेमा बाढी पहिरोका कारण मिस्कट बालुवा,ढु∙ा र माटोजन्य पदार्थ थुप्रिन गई सोको कारण बस्ती तथा भैतिक संरचनामा जोखिम उत्पन्न भएको वा हुनसक्ने अवस्था श्रीजना भएमा विपत व्यवस्थापन समितिसंग परामर्श लिई वा दफा ३६ को उपदफा १ बमोजिमका समितिले यस्ता पदार्थ हटाउनुपर्ने भनी तोकेको स्थानबाट मात्र नदिजन्य पदार्थ निकासी गर्ने व्यवस्था भएतापनी कार्यविधिको धज्जी उडाउदै केही जनप्रतिनिधिको र ठेकेदार दोहनमा लम्पट भएका हुन् । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले विपत व्यवस्थापनबाट कुनै निणर्य नै नभएको बताए ।
यस्तो छ सजायको व्यवस्था ः
निषेधित क्षेत्रबाट नदीजन्य पदार्थ दोहन गरेमा दफा १४ को उपदफा १ वमोजिम निषेधित कार्य वा यो कार्यविधि वर्खिलापका कुनै कार्य गर्ने गराउने उपर प्रचलित कानुनमा व्यवस्था भएअनुसार सजाए हुने व्यवस्था रहेको छ ।
ठेक्का रहस्यमय
यता सितगंगा नगरपालिकाका योजना प्रमुख नुमलाल खनालले आफु अहिले बाहिर भएको बताउदै अहिले चलेको ठेक्का २० लाख हाराहारीको भएको बताएका छन् । तर ठेकेदार पक्षले भने ५० लाख बढी रकम बुझाएको बताएको छ । जिम्मेवार निकाय र ठेकेदारको भनाई समेत फरक पर्नु कार्यपालिका निणर्य भनिएतापनी वडा अध्यक्ष समेत अनविज्ञ हुनु र अनुगमन समेत नहुनुले कतिपय जनप्रतिनिधि र ठेकेदार विच का चलखेल हुनसक्ने आकलन स्थानियले गर्न थालेका छन् । यसबाट पनी ठेक्का रहस्यमय भएको स्पष्ट छ ।
चुरे आसपासको क्षेत्र र चुरेबाट बग्ने खोलाहरूमा जे जसरी अनियन्त्रित ढंगले मेशिनको प्रयोग भैरहेको छ । त्यस विषयमा सरकारी निकाय विचको तालमेल नै आश्चर्यजनक छ।

