ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चुरे दोहनको समाचारले सितगंगामा खैलाबैला, युवाले रोके निकासी

लुम्बिनी दर्पण २०७८ जेष्ठ १, शनिबार ११:०४
[sharethis-inline-buttons]

लुदस, जितपुर

अर्घाखाँचीको सितगंगा १४ पावरा विक्रम गाँउ नजिक भैरहेको चुरे दोहन तत्काल रोक्न जारी गरेको राष्ट्रपति चुरे – तराई मधेश संरक्षण समितिको निणर्य लत्याउदै चुरे दोहन भैरहेको छ ।

समाचारहरु लुम्विनी दर्पण अनलाईन लगाएतका विभिन्न मिडियामार्फत सार्वजनिक भएपछी सितगंगा नगरपालिका मा खैलाबैला मच्चिएको छ । गाउँनै जोखिममा पर्ने गरि ठेकेदारले स्काभेटर प्रयोग गरेर मनपरि चुरे दोहन गरेका हुन । नगरले का केही जनप्रतिनिधिहरु ठेकेदारसित मिलेर ऐनकानुनको धज्जी उडाउँदै चुरे पहाडको पिँध खोस्रेर अकुत कमाउने दाउमा स्काभेटर संचालनको अनुमती जनप्रतिनिधिले नै बताए ।

सितगंगा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष गोर्वद्धन थापाले नगरका प्रमुख प्रशाशकीय अधिकृत प्रेम बहादुर के.सी र केही जनप्रतिनिधिहरुले कार्यपालिकाको निणर्यले स्काभेटर संचालन अनुमती दिएको भनेतापनी त्यस्तो खालको मेशिननै प्रयोग गर्ने अन्र्तरघाती निणर्य बारे आफुलाई केही थाहा नभएको बताए उनले चुरे संरक्षणका निम्ति हामीले विभिन्न कार्य गर्दै आईरहेका बेला बस्ती नजिकै गएर स्काभेटर लगाउने अनुमती कस्ले दियो यस्तो जधन्य अपराध गर्ने जो कोहीलाई छानविन गरि कार्वाही गर्नुपर्ने बताए ।

वडा नं. ११ का वडा अध्यक्ष कोपिलचन्द्र आलेले यसरी मेशिन प्रयोग गर्ने सन्दर्भ निणर्य नगरेको बताउदै खोलामा नदिजन्य पदार्थ थुप्रिएर गाउँ जोखिममा परेको भन्ने ठहर भएमा गाउँ बचाउन नियमको पालना गरि लगाउनुपर्नेमा यो मनोमानी भएको बताए ।

नगरले रुपन्देहिको डि. एस कन्ट्रक्सनलाई चुरे क्षेत्र बाणगंगाको माथिल्लो तटिय क्षेत्रबाट पहिलो चरणमा ६ हजार ८ सय घनमिटर नदिजन्य पदार्थ निकासीका लागि ठेक्का दिएको बताएको छ ।
ठेकेदारले २ वटा ठुला औजार स्काभेटरले नदिजन्य पदार्थ निकासीका लागि करिव १ दर्जन ट्रिप्परको प्रयोग गरि मनपरि दोहन गरेका छन् । एउटा टिप्परले दैनिक १२/ १५ ट्रिप गर्ने गरेको स्थानियको भनाई छ ।यस अगाडी चुरे दोहनका विषयमा लुम्बिनी दर्पण अनलाईन लगाएत विभिन्न अनलाईनहरुमा समाचार प्रकाशित भएपछी राष्ट्रपति चुरे -तराई मधेश संरक्षण विकास समितिको ध्यानाकर्षण भएको थियो ।
तर चुरेको पत्रको समेत बेवास्ता गर्दै नगरका केही जनप्रतिनिधिले मनपरी गर्दै आएपछी मेशिन प्रयोग भैरहेको थियो ।

युवासंघले रोक्यो मनपरी दोहन
सितगंगा नगरपालिकाको युवा संघको टोली चुरे दोहन गरेको स्थानमा सनिवार दिउसो पुगेर दोहन रोकेको बताएको छ । युवासंघका शितगंगा नगर अध्यक्ष तिलक अधिकारी र सचिव हरि खनालको नेतृत्वमा पुगेको टोलीले चुरे दोहन गर्ने टिपर र स्काभेटरको साचो कब्जा गरेको र पछी निकासी नगर्ने शर्तमा फिर्ता गरेको बताए ।

नगरले नियम विपरित ठेकेदारलाई स्काभेटर प्रयोग गर्ने अनुमती दिएको गुनासो ठेकेदार पक्षबाट आएको हुदाँ यो विषयमा नगर जिम्मेवार हुनुपर्ने बताउदै अटेरी गरेर अव पनि मनपरि दोहन गरे त्यसको जिम्मा समेत नगरले दिनुपर्ने चेतावनी समेत दिए ।

उनिहरुले तत्काल घाटगद्धिमा संकलन भएको नदिजन्य पदार्थ स्थानिय, युवा, तथा सरोकारवालाको रहोबरमा नापजोख गरि विवरण सार्वजनिक समेत गर्नुपर्ने बताए ।
१.यस्तो छ कार्यविधि ः
बन क्षेत्रबाट १ किलोमिटर भित्र, पक्कि पुलको ५ सय मिटर माथि र १ किलोमिटर तल घना बस्तीबाट १ किलोमिटर तल नदि खोलाको वर्षातको किनारमा आधारित क्षेत्र वरिपरिबाट नदिजन्य पदार्थ निकासी गर्न नपाउने प्रवधान रहेको छ यदी निकाल्ने अवस्था श्रीजना भए नदीजन्य पदार्थ नदि, खोला, र खहरेमा बाढी पहिरोका कारण मिस्कट बालुवा,ढु∙ा र माटोजन्य पदार्थ थुप्रिन गई सोको कारण बस्ती तथा भैतिक संरचनामा जोखिम उत्पन्न भएको वा हुनसक्ने अवस्था श्रीजना भएमा विपत व्यवस्थापन समितिसंग परामर्श लिई वा दफा ३६ को उपदफा १ बमोजिमका समितिले यस्ता पदार्थ हटाउनुपर्ने भनी तोकेको स्थानबाट मात्र नदिजन्य पदार्थ निकासी गर्ने व्यवस्था भएतापनी कार्यविधिको धज्जी उडाउदै केही जनप्रतिनिधिको र ठेकेदार दोहनमा लम्पट भएका हुन् । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले विपत व्यवस्थापनबाट कुनै निणर्य नै नभएको बताए ।

यस्तो छ सजायको व्यवस्था ः
निषेधित क्षेत्रबाट नदीजन्य पदार्थ दोहन गरेमा दफा १४ को उपदफा १ वमोजिम निषेधित कार्य वा यो कार्यविधि वर्खिलापका कुनै कार्य गर्ने गराउने उपर प्रचलित कानुनमा व्यवस्था भएअनुसार सजाए हुने व्यवस्था रहेको छ ।

ठेक्का रहस्यमय
यता सितगंगा नगरपालिकाका योजना प्रमुख नुमलाल खनालले आफु अहिले बाहिर भएको बताउदै अहिले चलेको ठेक्का २० लाख हाराहारीको भएको बताएका छन् । तर ठेकेदार पक्षले भने ५० लाख बढी रकम बुझाएको बताएको छ । जिम्मेवार निकाय र ठेकेदारको भनाई समेत फरक पर्नु कार्यपालिका निणर्य भनिएतापनी वडा अध्यक्ष समेत अनविज्ञ हुनु र अनुगमन समेत नहुनुले कतिपय जनप्रतिनिधि र ठेकेदार विच का चलखेल हुनसक्ने आकलन स्थानियले गर्न थालेका छन् । यसबाट पनी ठेक्का रहस्यमय भएको स्पष्ट छ ।
चुरे आसपासको क्षेत्र र चुरेबाट बग्ने खोलाहरूमा जे जसरी अनियन्त्रित ढंगले मेशिनको प्रयोग भैरहेको छ । त्यस विषयमा सरकारी निकाय विचको तालमेल नै आश्चर्यजनक छ।

 


प्रकाशित : २०७८ जेष्ठ १, शनिबार ११:०४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech