अब सरकार कोरोना नियन्त्रणमा केन्द्रित हुने, प्रधानमन्त्री निवासमा निजी क्षेत्र र विज्ञसहितको छलफल हुँदै

[sharethis-inline-buttons]

जेठ १ गते
काठमाडौं ।

मुलुकमा कोरोनाभाइरस संक्रमणको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज विज्ञ र निजी क्षेत्रका प्रतिनिधिसहितको बैठक बोलाएका छन् । अपरान्ह ४ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले भाइरस संक्रमणको पछिल्लो अवस्थाको समीक्षा गर्ने र सरकारको कार्ययोजना प्रस्तुत गर्ने बालुवाटार स्रोतले जनाएको छ ।

उक्त छलफलमा प्रधानमन्त्रीले कोभिड संक्रमणको लागि विज्ञ र निजी क्षेत्रको सुझाव लिएर अघि बढ्ने जनाइएको छ । कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीले सरकारको तयारी र अहिले गरेका कामबारे जानकारी दिने स्रोतले जनाएको छ । साथै, महामारी नियन्त्रण गर्न जारी गरिएका प्रतिबन्ध र अर्थतन्त्रलाई पनि सँगै अघि बढाउनेबारे निजी क्षेत्र र विज्ञको सुझाव लिने तयारी प्रधानमन्त्रीले गरेका छन् ।

कोभिड महामारी नियन्त्रणमा एउटै मिसन लिएर अघि बढ्ने योजनामा सरकारलाई केन्द्रित गर्ने मनस्थितीमा प्रधानमन्त्री रहेको पनि बालुवाटार स्रोतले जनाएको छ ।


प्रकाशित : २०७८ जेष्ठ १, शनिबार १२:०४