
प्रेम सुनार
३ जेष्ठ,
गुल्मी। नेपाल पत्रकार महासंघ गुल्मीको अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सरकारबाट एक करोड छुट्टाउने सिफारिस गरेका छन् । गुल्मी क्षेत्र नम्वर(२ का सांसद समेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले सोमवार गुल्मीका पत्रकारहरुलाई धन्यवाद दिदै एक करोड रकम स्वीकृत समेत भएको जानकारी दिए । परराष्ट्रमन्त्री ज्ञवालीको सचिवालयबाट प्राप्त पत्र अनुसार जेठ ३१ गते गुल्मी अस्पतालबाट गुल्मीमा कोभिड(१९ को महामारी बढ्दै गएको , संक्रमितको संख्या ९०१ ९ ३० गतेसम्म ० जना पुगेको र दैनिक ६० देखि ७० जना सम्मलाई अक्सिजन दिनु पर्नेमा अक्सिजनको अत्यन्तै अभाव भएकोले आईसियु कक्ष निर्माण तथा अक्सिजन पलान्ट स्थापनना गर्न भनि एक करोड रुपैयाँ मन्त्री ज्ञवाली समक्ष माग गरिएको थियो ।
सोही पत्रका आधारमा परराष्ट्रमन्त्रीको निजी सचिवालयका उपसचिव तेजबहादुर क्षेत्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालेमा पत्र पठाउँदै लेखिेका छन गुल्मी अस्पतालमा आईसियु कक्ष निर्माण र अक्सिजन पलान्ट स्थापनाका लागि रु। १ करोड सहयोग गर्न परराष्ट्रमन्त्रीज्युबाट सिफारिस भएको हुँदा कार्यार्थ आदेश अनुसार अनुरोध छ । उक्त पत्रमा सो मन्त्रालयले पनि सदर गरेको छ । सुरुमा नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजनको अत्यन्तै अभाव भएको र अक्सिन कै अभावमा कतिपयको ज्यान समेत गए पछि तत्काल बैठक बसेर अक्सिजन अभियन सञ्चालन गरेको थियो ।
उक्त अभियानमा सारा गुल्मेलीहरुले साथ दिएर ठुलो परिमाणमा सहयोग संकलन हुन थाले पछि सरोकारवालाहरुले गुल्मी अस्पताल मै दिर्घकालिन समथानका लागि अक्सिजन पलान्ट स्थापना गर्ने योजना अगाडी सारेका हुन् । जुन कार्यलाई स्वागत गर्दै गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पुर्वमन्त्री गोकर्ण बिष्टले १० लाख जुटाउने घोषणा गरेका छन् । गुल्मी उद्योग बाणिज्य संघले १७ लाख सहयोग गर्ने घोषणा गरेको छ । जिल्ला समन्व्य समितिले १० लाख र पत्रकार महासंघमा हालसम्म ४५ लाख उठेको हिसाव(किताव कर्ता तथा सहयोग संकलन अभियानका सदस्य तारा प्रसाद भुसालले जानकारी दिए । हाल सम्म कुल ८२ लाख घोषित रकम हुन पुगेको छ । गुल्मी सेवा समाज जापानले अहिलेसम्म २० लाख संकलन गरेको जनाईएको छ । अन्ततः नेपाल पत्रकार महासंघको यो अभियान सफल हुने देखिएको छ । सोमवार पनि यस बिषयमा कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठक बसेको पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले बताए ।

