जनता समाजवादी पार्टीले सरकारको नेतृत्वमा दावी

[sharethis-inline-buttons]

४ जेठ, काठमाडौं।
जनता समाजवादी पार्टीले सरकारको नेतृत्वमा दावी गरेको छ ।

अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति निकालेर राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने जनाएका छन् ।

जसपाले अहिलेको सरकारमा भने सहभागी नहुने प्रष्ट पारेको छ । यो बाहेकको अवस्थामा सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने दुई नेताले बताएका छन् ।

‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन, जनता समाजवादी पार्टी नेताल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ’ विज्ञप्तिमा भनिएको छ ‘तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ ।’

नेकपा एमालेको नेतृत्वको सरकारलाई साथ दिने वा नदिने विषयमा जनता समाजवादी पार्टी दुई पक्षमा विभाजित भएको थियो । बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष वैकल्पिक सरकार गठनको पक्षमा छ भने महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष भने प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् ।


प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार ०८:२४