राष्ट्रियसभा सदस्यका लागि  दल परिवर्तन गरेर चुनावमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

दाङ :

राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट दुई जनाले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट दुई जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन।

चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेश सभा सदस्य थिए। एमालेका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित पाण्डेले केही दिनअघि प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली काँग्रेसमा प्रवेश गरेका थिए। यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिएका खड्का यसअघि पनि राष्ट्रिय सभा सदस्य हुन। माओवादी केन्द्रबाट निर्वाचित अर्घाखाँचीका खड्का एमाले प्रवेश गरेपछि उनलाई माओवादीले कारवाही गरेपछि राष्ट्रिय सभा सदस्य पद गुमेको थियो।

माओवादी कारवाहीपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि एमालेले उनलाई नै पुनः उम्मेदवार बनाएकोे हो। राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आगामी १७ गते हुँदैछ। यो राष्ट्रियसभा सदस्यका लागि प्रदेश सभा सदस्य, तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्छन्। लुम्बिनी प्रदेशमा १ सय ९ स्थानीय तह र ८७ जना प्रदेशसभा सदस्य छन्। जसमा प्रदेशसभा सदस्य अहिले ७९ सदस्य  रहेको छ।


प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार ११:५५