
४ जेठ
काठमाडौं
नेकपा एमाले भित्र देखिएका समस्या समाधान खोज्न गठित कार्यदलको पहिलो बैठक सकिएको छ। मंगलबार बसेको बैठकले विभाजनको कुराबाट अलग रहन आह्वान गरेको छ । एकताको आह्वानसँगै पहिलो बैठकले विभिन्न तीन निर्णय गरेको छ।
कार्यदल बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने, पार्टीमा देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले पार्टी पंक्तिलाई सहयोग र सद्भावका लागि आग्रह गर्ने, पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा विश्वास, सहयोग र अन्तरविरोध सिर्जना हुने कामकुरबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको हो।

