कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी खारेज गर्न माओवादी केन्द्रको माग

ByLumbini Darpan Online

६ जेष्ठ २०७८, बिहीबार ०९:३२ ६ जेष्ठ २०७८, बिहीबार ०९:३२ ६ जेष्ठ २०७८, बिहीबार ०९:३२

काठमाण्डौ –
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी खारेज गर्न माग गरेको छ । बिहीवार पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित सीसीएमसी खारेज गर्न माग गरेको हो ।

विपद्सम्बन्धी घटना हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भए पनि तिनलाई काम गर्न नदिइ कानुनी हैसियत नभएको सीसीएमसी गठन गरिएको र सीसीएमसी मार्फत् अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई खारेजी गर्नुपर्ने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सीसीएमसी खारेज गर्नुपर्छ । विपद्सम्बन्धी घटना हेर्न गृह मन्त्रालयमा अलग्गै कानुनी व्यवस्थासहितको प्राधिकरण छ । त्यसलाई पनि काम गर्न दिइएको छैन । स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गत यस प्रकारका जोखिमको बारेमा काम गर्ने निकाय छ । त्यसलाई पनि काम गर्न दिइएको छैन । प्रधानमन्त्रीको नेतृत्वमा यस प्रकारका विपद् हेर्ने अलग्गै निकाय छ, त्यसले पनि काम गरेको छैन । छुट्टै सीसीएमसी भनेर खडा गरेर त्यसलाई अलग्गै कानुनी हैसियत नभएको संरचनामार्फत अनियमितता, भ्रष्टाचार, सामग्री दुरुपयोगका कुरा आउने भइरहेको छ । त्यसले सही ढङ्गले काम गरिरहेको छैन, त्यो खारेज गरिनुपर्छ र कानुनले चिनेको निकायले काम गर्नुपर्छ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *