राष्ट्रपतिद्वारा शपथसम्बन्धी अध्यादेश जारी

[sharethis-inline-buttons]

जेठ ६, काठमाण्डौ
राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज ९बिहीवार० ती अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले ठूलो दलको हैसियतमा यही वैशाख ३१ गते शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको ुप्रतिज्ञा गर्दछुु भन्ने शब्द उच्चारण नगरि ‘त्यो पर्दैन’ भन्नुभएको थियो । ओलीले राष्ट्रपति संस्थाको मानमर्दन गरेकाले ३१ गतेको शपथ बदर गरेर अर्को पटक शपथ लिन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले सोमवार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।

 


प्रकाशित : २०७८ जेष्ठ ६, बिहीबार १३:५७