
८ जेठ, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका छन् । उनको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन् ।
शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको हो । माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षर जुटेको छ ।

