संसद् विघटन गर्ने राष्ट्रपतिको कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने

ByLumbini Darpan Online

९ जेष्ठ २०७८, आईतवार ०८:५५ ९ जेष्ठ २०७८, आईतवार ०८:५५ ९ जेष्ठ २०७८, आईतवार ०८:५५

काठमाडौँ —
सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दावी गरेको विपक्षी गठबन्धन आफ्नो दावीलाई अस्वीकार गर्ने र संसद् विघटन गर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका छन । अहिले कांग्रेस संसदीय दलमा विपक्षी गठबन्धनका सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिरहिएको छ ।

माओवादीले आफ्ना सांसदको हस्ताक्षर र नागरिकता संकलन गरिसकेको छ भने कांग्रेस सांसदहरु अहिले सिंहदरबार आइरहेका छन् ।
कांग्रेस नेता रमेश लेखकका अनुसार कांग्रेस र माओवादी केन्द्रका नेताहरु कानुन व्यवसायीसँग रीटलाई अन्तिम रुप दिन छलफल गरिरहेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, गोविन्द बन्दी, शतिषकृष्ण खरेललगायत कानुन व्यवसायी छन् ।

कांग्रेस महामन्त्री सशांक कोइरालाले आफूहरु अदालत जाने तयारीमा रहेको बताए । उनले राष्ट्रपति प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने विपक्षी ५ दलको निर्णय वमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *