
जेठ ९,
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले राजनीतिक झमेला छाडेर अहिले कोभिड–१९ महामारी विरुद्धको लडाइँमा एकताबद्ध हुन सबै दललाई आग्रह गर्नुभएको छ । बालुवाटारमा प्रेस चौतारीआवद्ध पत्रकारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले कोरोनाले आक्रान्त पारेको अवस्थामा देशका राजनीतिक शक्ति, नागरिक समाज लगायतलाई राजनीतिक झमेला छाडेर जनताका समस्या समाधानतिर केन्द्रित हुन आग्रह गर्नुभयो । विपक्षी दलहरूले गालीगलौजको राजनीतिक गरिरहेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले स्वस्थ राजनीति गर्न छाडेर केही दल र नेताले चरित्रहीन आरोप लगाइरहेको जिकिर गर्नुभयो । नेपालजस्तो अत्यन्तै राम्रो संस्कार र सभ्यता भएको देशमा चरित्रहीन राजनीति भइरहेको ओलीको दाबी छ । ‘अत्यन्तै तल झरेर चरित्र हत्या गर्ने काम भयो, म आश्चर्यमा परिरहेको छु, गणतन्त्रमाथिका यस्ता अवाञ्छित क्रियाकलाप सुहाउने कुरा हुन ?’, ओलीले भन्नुभयो, ‘गालीगलौज, चरित्र हत्या, अपशब्दजस्ता चरित्रहीन कुरालाई संस्कार बनाउने प्रयास भयो । यो देशका निम्ति र गौरवपूर्ण सभ्यताका लागि नै चुनौती हो ।’यस्तै प्रधानमन्त्री ओलीले देशमा कोरोना महामारी अत्यन्तै भयावह अवस्थामा रहेको बेलामा केही व्यक्तिको स्वार्थका लागि सरकार र देशलाई नै बन्धक बनाउने काम भइरहेको आरोप लगाउनुभयो । प्रधानमन्त्रीले माओवादी केन्द्रलाई हिंसामार्फत सत्ता कब्जा गर्न लागि परेको शक्ति भन्दै नेपाली कांग्रेस पनि त्यसको पछि लागेको बताएका छन् ।ओलीले कांग्रेस ‘प्रचण्डपथ’ मा हिँडेको समेत टिप्पणी गरे । कांग्रेस नेतृ पुष्पा भुसालले ओलीले गराएको चुनावमा कांग्रेसले भाग नलिने बताएको भन्दै ओलीले केपी ओलीले गरेको चुनावमा भाग नलिनेले कसले गराएको चुनावमा भाग लिने भन्दै त्यो कुन प्रजातन्त्रको परिभाषाभित्र पर्छ भन्दै आक्रोश पोख्नुभयो ।’ यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले यही १५ गते अध्यादेशबाट बजेट आउने जानकारी दिनुभएको छ । पत्रकारसँगको छलफलमा राष्टपति विद्यादेवी भन्डारीले यही जेठ १५ मै बजेट प्रस्तुत गर्ने बताएका हुन् । यसअघि नै घोषणा गरिएका कार्यक्रमलाई प्राथमिकता दिएर बजेट आउने उहाँको भनाइ छ । कोभिडलाई प्राथमिकता दिएरै बजेट आउने स्पष्ट पार्दै उहाँले विकास निर्माणका आयोजनालाई प्राथमिकता दिए पनि नयाँ ठूला आयोजना नआउने बताउनुभयो ।