विपक्षी गठबन्धन भोलिमात्र अदालत जाने, सांसद संख्या १४९ नाघेको प्रचण्डको दावी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं ।
परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनको तयारी नपुगेका कारण भोलिमात्र सर्वोच्च अदालतमा रिट लिएर जाने भएको छ् । परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा जाने तयारीमा रहे पनि माधव नेपाल पक्षका सांसदहरूको हस्ताक्षर नजुटेको र अन्य तयारी पनि नपुगेकाले भोलि बिहान १० बजे अदालत जाने निर्णय भएको हो । संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले तयारी नपुगेका कारण भोलि बिहान आफूहरू भौतिक रूपमै अदालतमा उपस्थित भएर रिट दायर गर्ने बताए । उहाँले माधव नेपाल पक्षका सांसद घटेको भन्ने कुरा गलत रहेको भन्दै १४९ बाट संख्या बढेको दावी गरे । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि रिटको मस्यौदा तयार भएको तर सबै तयारी नपुगकाले भोलि जाने निर्णय भएको बताए ।


प्रकाशित : २०७८ जेष्ठ ९, आईतवार १२:०७