बंगालको खाडी नजिकैबाट अर्को आँधी आउने भएको छ ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार यास नाम दिइएको उक्त आँधी अहिले बन्ने क्रममा छ । मंगलबारसम्म धेरै शक्तिशाली चक्रवातमा परिणत हुने आँधी बुधबार पारादीप र सागर टापुमा ल्यान्ड हुनेछ। १८५ किलोमिटर प्रतिघन्टामा आउने आँधीका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गरी पश्चिम बंगाल, उडिसासहित उत्तरपूर्वी भारतीय राज्यहरूमा आवश्यक सावधानी अपनाइएको छ । आइतबार सम्बन्धित राज्यका उच्च अधिकारीहरूसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तटीय क्षेत्रमा काम गरिरहेकाहरूलाई तत्काल निकाल्न निर्देशन दिएका छन् । यास आँधीको प्रभाव मंगलबारदेखि नेपालमा पनि पर्न सुरू हुनेछ । ताउ–तेको प्रभावले पश्चिम क्षेत्रबाट वर्षा र हिमपात हुन सुरू भएको थियो भने यसपालि पूर्वी क्षेत्रबाट प्रभाव बिस्तारै पश्चिम सर्ने छ । ’भोलिदेखि पूर्वका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ। त्यसैले पर्वतारोहीहरूलाई आरोहणको काम रोक्न भनेका छौं,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरूण पौडेलले भन्नुभयो ,‘बुधबार, बिहीबारतिर केही ठाउँमा भारी वर्षाको पनि सम्भावना छ ।’
बंगालको खाडी नजिकैबाट अर्को आँधी आउने, आँधीको प्रभाव भोलिदेखि नेपालमा पनी पर्न सुरू हुने
प्रकाशित : २०७८ जेष्ठ १०, सोमबार ११:३१
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech