
रुपन्देही –
रुपन्देही सहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । आज तराईका जिल्लामा ३८ देखि ३९ डिग्री सेल्सियससम्म पुगेको थियो । नेपालगञ्ज दिपायल र रुपन्देहीको तापक्रम ३५ देखि ३९ डिग्री सेल्सियस पुग्ने अनुमान छ । हिजो, अस्ति र आज गर्मी बढे पनि भोलिदेखि फेरि मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र चक्रवातमा परिणत हुने र यसको असर नेपालमा समेत पर्ने उहाँले बताउनुभयो । यस्तै, हिमाली क्षेत्रमा हावाहुरीसमेत हुन सक्ने सम्भावना रहेकाले भोलिदेखि केही दिनसम्मका लार्गि सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । यस्तै, पर्सी बुधवार देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

