गणतन्त्रको भुमिका विषयक भर्चुअल बृहत् अन्तर सम्बाद जेठ 15, दिउँसो 2 बजे

[sharethis-inline-buttons]

12 Tech Tools for Virtual Meetings | Smart Meetings

मानव अधिकार तथा शान्ती समाज कपिलवस्तुले पन्ध्रौं गणतन्त्र दिवसको अवसर पारेर नेपालमा मानव अधिकारको सम्बन्धमा गणतन्त्रको भुमिका विषयक भर्चुअल बृहत् अन्तर सम्बाद कार्यक्रम जेठ 15 गते दिउँसो 2 बजे आयोजना गरेको छ । कार्यक्रमका मूख्य बक्तामा कपिलवस्तु बार एसोसियसनका अध्यक्ष हुम बहादुर कुवर, पत्रकार महासङ–कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, जिल्ला संयाेजक अकोराव चन्द्रकान्त न्योपाने, मानवाधिकार तथा शान्ती समाज कपिलवस्तुका सभापति गोबिन्द पोख्रेल  तथा विभिन्न अधिकार कर्मीहरू रहेको संस्थाका सचिव माधव घिमिरेले जानकारी दिनुभयो ।

नागरिकमा गणतन्त्र प्रति चुलिएको निराशाको मुख्य कारण औल्याउँदै दमदार प्रस्तुति सहित यो जिल्ला स्तरीय अन्तरसम्वाद कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न हुन गइरहेको हुँदा उपस्थितिको लागि सम्पूर्ण अभियान कर्मी साथीहरूलाई शान्ती समाजका सभापति पाेख्रेलले हार्दिक अनुराेध पनि गर्नुभयाे ।

Open Photo


प्रकाशित : २०७८ जेष्ठ १५, शनिबार ०६:२३