
१५ जेठ
देशभरको मौसम भोली बाट बिस्तारै खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज भने आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । चक्रवात यास पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव अहिले नेपालमा रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशहरुका थोरै स्थानमा मेघगर्जन र चट्यां तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्यां तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।