
मानवअधिकार तथा शान्ति समाज कपिलवस्तुले १४ औं गणतन्त्र दिवसको शुभ अबसर पारेर मानवअधिकारको प्रबर्द्धनमा गणतन्त्रको भुमिका बिषयक भर्चुअल अन्तरसम्वाद कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न क्षेत्रका अधिकारकर्मीहरु, शान्ति समाजका जिल्ला सल्लाहकार,पत्रकार र विभिन्न जिल्लाका मानव अधिकारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमका मुख्य वक्ता नेपाल वार एसोसिएसन कपिलवस्तुका अध्यक्ष हुम बहादुर कुवर, शान्ति समाज कपिलवस्तु सभापति गोविन्द पोख्रेल र अकोराव जिल्ला संयोजक चन्द्रकान्त न्यौपाने कार्यक्रमका वक्ताहरु रहनुभएको थियोे । कार्यक्रमका वक्ताहरूले गणतन्त्र राम्रो हुँदा हुँदै पनि साशकले जनभावना नबुझ्दा जनताको निराशा चुलिदै गएको बताउनु भएको थियो । गणतन्त्रको मर्म अनुसार राजनीतिक नेतृत्वले आफुलाइ जनमुखी बनाउन लाग्नुपर्ने बताउनु भएको थियो। उक्त भर्चुअल कार्यक्रमको अध्यक्षता समाजका जिल्ला सभापति ,गोबिन्द पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रमको संचालन र सहजीकरण मानवाधिकार तथा शान्ती समाज कपिलवस्तुका सचिव माधव घिमिरे ले गर्नुभएको थियो।




















