संवैधानिक इजलास विवाद( न्यायाधीशहरू नै विभाजित, आज आदेश आएन

[sharethis-inline-buttons]

काठमाडौं ।
संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश हट्नुपर्ने भन्ने विपक्षी कानून व्यवसायीहरुको दबाबपछि भएको बहसमाथि आन्तरिक छलफल भए पनि इजलासमै एक मत नभएपछि आज कुनै आदेश जारी भएन ।

संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूसँग प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संयुक्त रूपमा र न्यायाधीशहरूबीच बेग्ला(बेग्लै छलफल भए पनि कुनै आदेश जारी नभएको सर्वोच्च स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीशसहित सबै न्यायाधीशहरू सर्वोच्च अदालतबाट बाहिरिएका छन् । स्रोतका अनुसार भोलि संवैधानिक इजलासमै यसबारे आदेश सुनाइनेछ । विपक्षीले इजलासमा बस्न नमिल्ने भनेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू कुनै वकिलले भनेका भरमा इजलासबाट बाहिर नजाने अडान लिएका छन् ।

स्रोतका अनुसार वरिष्ठतम न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराईले फरक मत राखेका छन् ।


प्रकाशित : २०७८ जेष्ठ १७, सोमबार १०:०५