जेठ १८,
लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरिएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले भोली दिनको १ बजेका लागि बैठक आह्वान गर्नुभएको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले प्रदेशसभा नियमावली २०७४ को ३(१) बमोजिम बैठक आह्वान गरिएकोबारे सूचना प्रकाशित गर्नुभएको छ । सरकारले बजेट ल्याउन आवश्यक तयारी गरिरहेको बेला आठौं अधिवेशन आह्वान गरिएको हो ।




















